१९ बर्षकी टिशा डंगोल : जो संघर्षको मैदानबाट सफलता तर्फ लम्किरहेकी छिन् !

दक्ष खबर 16534+ समाचार ( )
६ पौष २०८०, शनिबार

काठमाडौँ। पछिल्लो समय युवापुस्ताहरू माझ विदेशीने मोहले डपक्क ढाकेको छ । युवापुस्तादेखि बालबालिकाको मस्तिष्कमा नै विदेश जाने मोह जागेको छ । यसको एकमात्र रहस्य हो देशमा आफ्नो भविष्य नदेख्नु वा यहाँ केही गर्न सकिन्न भन्नु नै हो । तर, कतिपय युवाहरू आफ्नै देशमा आफ्नो मिहिनेत परिश्रम र आफ्नो सिपलाई बजारसम्म  पुर्याएर व्यवसाय गर्ने चाहनामा पनि रहेका छन् ।

देशको आर्थिक अवस्था धरासायी अवस्थामा रहेको परिपेक्षमा देशमा आफ्नो भविष्य बनाउन सकिन्छ र यहाँ नै केही गर्नुपर्छ भन्ने भाष्य निर्माण कर्ता हुन् काठमाडौं महानगरपालिका वडा ५ हाडीगाउँकी १९ बर्षकी टिशा डंगोल । जो आफ्नै व्यवसायमा तल्लिन रहेकी छन् । यो उनको ईच्छा भन्ने या अभिरुचि । 

उनले विभिन्न बजारमा आफुले खोजेको जस्तो माला तथा बाला नपाए पछि यसलाई कसरी बनाइन्छ ? के के आवश्यकता पर्छ ? भन्ने हिसावले रिसर्च गरेर यस व्यवसाय तर्फ अग्रसर रहेको बताइन ।  शुरूवातमा धेरै संघर्ष गर्नु परेपनि पछिल्लो समय विभिन्न माध्यमहरूलाई अंगाल्दै जाँदा बजार व्यवस्थापन तथा सिप सिक्न सहज भएको उनले बताइन् । 

कहिलेकाहीँ दैनिक रूपमा राम्रो आम्दानी हुने गरेपनि व्यापार नै नहुने गरेको उनले बताइन । राम्रोसँग व्यापार हुदाँ करिव दैनिक रूपमा दश हजारसम्म कमाउने गरेको भएपनि कहिलेकाहीँ ५०० सम्म पनि व्यापार नहुने डंगोल बताउछिन् । नेपालमा विदेशमा जस्तो राम्रो बजार नरहेको र यसलाई राम्रोसँग अगाडि बढाउन कठिनाई भएपनि केही हदसम्म राम्रो रहेको उनले बताइन् । यस्कालागि सिप सिक्ने स्थानको अभाव रहेको उनले बताइन । 

भविष्यमा नेपालमा यसको बजार राम्रो रहेकेको उनि बताउँछिन् । किनभने पछिल्लो समय नेपालमा विदेश पर्यटकको संख्या वृद्धि भईरहेकोले बजार राम्रो हुदै जाने उनि  बताउछिन् । विगतका केही बर्षहरूमा ब्रिचको व्यापार घटेकाले आफु पेशा परिवर्तनको मुडमा पुगेपछि विस्तारै बजार चलाएमान भएपछि केही आशा पलाएको उनले बताइन् ।

काठमाडौंको सिफलस्थित क्लब हाउसमा शनिबार पुग्दा टिशा आफुले बनाएका ब्रिजहरू (प्लास्टिकका मोती) बिक्रिका लागि कुरेर बसिरहेकी थिइन । जो उनको मिहिनेत परिश्रमबाट निर्माण भएका घाँटी, कान तथा गलामा लगाउने ब्रिजका मालाहरू, बाला तथा टपहरू रहेका थिए । 

टीशा त्यहाँ आउन थालेको तीनवटा शनिबार बितिसकेको थियो । घरेलु व्यवसायलाई प्रबर्द्धन गर्नका लागि त्यहाँ विगत ३ हप्तादेखिको शनिबार विभिन्न उद्यमी महिलाहरूले बनाएका अचार, कपडा, खाने परिकार, फिनेल, हार्पिक, मह, ध्यु, कफि, ब्रिच लगायतका सामग्रीहरू विक्रिका लागि प्रदर्शनमा राखिएको थियो । अझै तीनवटा शनिबार त्यहाँ विभिन्न उद्यमीहरूले आफुले निर्माण गरेका सामाग्रीहरू बिक्रीका लागि प्रदर्शनीमा राखिने व्यवसायी टीशा डंगोलले बताइन । 

  • उनी हाल चावहिलमा रहेको विनायक सिद्ध कलेजको स्नातक तह दोस्रो वर्षामा अध्यायनरत छात्रा हुन । जस्ले आफ्नो पढाई पश्चात्को बाकी समयमा ब्रिच प्लास्टिकका मोतीको माला बनाउछिन् र विभिन्न अडर अनुसार ग्रहाकहरूलाई पुर्याइदिन्छिन् । टीशा पछिल्लो समयको युवा व्यवसायी पनि हुन । जस्ले आफ्नो व्यवसायलाई विभिन्न माध्यामबाट प्रचारप्रसार पनि गरिरहेकी छन् । 

उनि ब्रिचका लागि आवश्यक सामान ललितपुर तथा बसन्तपुरका विभिन्न बजारबाट ल्याउने र आफुले चाहे अनुसारको ब्रिच निर्माण गर्ने गरेको बताउछिन् । उनका अनुसार ब्रिच तीनवटा टुल्सबाट निर्माण गर्न सकिन्छ । पहिलो सिधा तारलाई च्याप्ने, दोस्रो काट्ने र ब्यान्ड गर्ने रहेको टीशाले बताइन । 

यस क्षेत्रमा रूचि धेरै अगाडिदेखि रहेको र समय नभएकाले उनले यस व्यवसायलाई अंगाल्न समय लागेको उनले बताइन । उनलाई धेरै मन पर्ने बस्तुका रूपमा ब्रिच (प्लास्टिकको मोती) को माला रहेकाले उनले किन्नु भन्दा आफै किन नबनाउने भनेर शुरूवात गरेको बताइन  । 

पछिल्लो समय युवा पुस्तामा यस्को मार्केट देश तथा विदेशमा अत्यन्तै रहेको उनि बताउछिन । विदेश जानु भन्दा पनि देशमै केही गर्ने हुटहटी रहेकाले यस व्यवसाय तर्फ सामाजिक सञ्जालबाट आफु प्रभावित भएको टीशाले बताइन् । तर नेपालको परिस्थितिले आफु नेपालमा रहने या नरहने उनि बताउछिन् ।

घर परिवारबाट पनि राम्रो सपोर्ट रहेको र आफ्नो रूचि पनि भएकाले यस तर्फ आफु आकर्षित भएको टिशाले बताइन्। पछिल्लो समय युवाहरू विदेशीने बताइरहदाँ आफुलाई नेपालमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागेको उनी बताउछिन् । उनि यस व्यवसायमा लागेको करिब एक बर्ष हाराहारी भएको र यस क्षेत्रमा राम्रो कमाई रहेकाले अरू युवाहरूलाई पनि यस व्यवसाय तर्फ लाग्न उनि प्रेरित गर्ने गरेको बताउछिन् । 

  • उनि यस व्यवसाय सँगसँगै नेल आर्ट (नङ्ग पालिस) पनि गर्ने गरेको बताउँछिन् । सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम तथा युट्युव मार्फत आफु यस पेशामा अगाडि बढेको उनले बताइन् । उनि आफ्नो सामान विभिन्न प्रदर्शनी तथा अडर अनुसार निर्माण गर्दै बजारमा पुर्याउने गरेको बताउछिन् । 

टीशा पछिल्लो समय देशमै बसेर केही उद्यम गर्न चाहाने युवा उद्यमीहरूलाई तिनै तहको सरकारबाट सेवा सुविधा र केही सहजता नभएको बताउछिन् । आफुले उत्पादन गरेका वस्तुलाई कहाँ लगेेर बेच्ने भन्ने समेत अन्योलता रहेको डंगोल बताउछिन् । युवाहरूको उद्यम प्रति स्थानीय तहहरूले त्यस्को महत्त्व आत्मसात गर्दै प्रवर्द्धनमा जोड दिनुपर्ने टिशा बताउछिन् ।

प्रतिक्रिया

Krishna maya dangol ७ पौष २०८०, आइतबार

I am proud of my daughter❤️❤️❤️

Shakti bikram shah ६ पौष २०८०, शनिबार

Ati ramro soch ra sarahniya kam gareko sabai yuwa pusta haru le pani k hi na k hi ship sikna prena milchh vanne aasha rakhdachhu sathai tisha lai badhai sath aghi badhnu❤️❤️❤️

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार