'शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रियस्तरिय कराते च्याम्पियनसिप' मा भाग लिन नेपाली टाेली भारत प्रस्थान

दक्ष खबर 16555+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौँ । गाेकर्णेश्वर नगरपालिकामा रहेको माओले सोतोकान कराते डो संघका खेलाडीहरू भारत प्रस्थान गरेका छन् । भारतको कर्नाटका राज्यको शिभमोग्गा सहरमा आयोजना हुने "शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय स्तर कराते च्याम्पियनसिप " मा भाग लिन खेलाडीहरू भारत प्रस्थान गरेका हुन् । 

टोलिले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, मलेसिया, ग्याबोन, अमेरिका, बङ्लादेश बिच प्रतिस्पर्धा  हुनेछ । 


नेपालबाट खुल्ला पुरुष तर्फ रन्जन कुमार सापकोटाले प्रतिस्पर्धा गर्दैछन् भने, पुरुष उमेर समूह तर्फ सन्देश कार्की, शिशिर नेपाली, देवेन्द्र गमाल, रबिन कुमार जैसवाल र सरोज राईले प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरि महिला उमेर समूह तर्फ नितिशा बुढाथोकी र आयुशा लामाले प्रतिस्पर्धा गर्दै छन् । टोलिको नेतृत्व माओले शोतोकान करातेका वरिष्ट प्रशिक्षक अजय भक्त श्रेष्ठले लिएका छन् ।  सो प्रतियोगिता आगामी २४ र २५ गते शिमोगा सहरको नेहरु इन्डोर स्टेडियममा हुदैँछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार