२२ वर्षपछि काठमाडौँ महानगरपादिका वडा ८ ले पायो प्रमुख प्रशासकीय भवन

दक्ष खबर 12808+ समाचार ( )
२६ आषाढ २०८१, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले करिव २२ वर्ष पछि आफ्नै प्रशासनिक भवनबाट सेवा सुचारू गर्ने भएको छ । काठमाडौँ महानगरपालिका वडा -८ ले आफ्नै प्रशासनिक भवनको मंगलबार विहान ८ बजेर ४१ मिनेटको शुभ साइतमा प्रशासनिक भवनको शुभ मुहुर्त गरेको हो । 

काठमाडौँ महानगरपालिका वडा -८ का वडाअध्यक्ष आशामान संगत, एवं वडा सदस्यहरू सरस्वती राजभण्डारी, राजलक्ष्मी भुसाल तथा सलोनी ओडारी लगायतले सामुहिक रूपमा प्रशासनिक भवनको शुभ मुहुर्त गर्नुभएको हो । काठमाडौा महानगरपालिका वडा -८ का वडा अध्यक्ष आशामान संगतले, " करिव २२ वर्षपछि कामपा-८ ले आफ्नै प्रशासनिक भवन प्राप्त गरेको बताउनुभयो ।" 

उहाँले, 'पशुपति अगाडि पश्चिम गेटमा वडा भवन रहेको र २०५९ सालमा पशुपति क्षेत्र विकास कोर्षले अधिग्रहण गरेपछि हाम्रो वडा भवन भत्काइयो । पछि पशुपति क्षेत्र विकास कोर्षले भवन बनाएर दिने सहमति भएको थियो । र भवन पनि नबनाएको र जग्गा पनि उपलब्ध नगराएको परिपेक्षमा २०७९ सालमा नवनिर्वाचित वडामा नयाँ पदाधिकारीहरू आएपछि नयाँ किसिमबाट सहकार्य गरेर काठमाडौँ महानगरपादिकाको तदारुकतमा टेन्डर प्रक्रियाबाट टेन्डर निर्माण गरिएको बताउनुभयो । '

उहाँले, काठमाडौँ महानगरपालिकाले २ करोड चौसट्ठीलाख रूपैयाँ लागतमा वडाको नवनिर्मित भवन निर्माण गरको हो । नवनिर्मित भवन पाशुपत क्षेत्र सुहाउँदो रहेको छ भने, भित्रि रूपमा अपांगमैत्री, आधुनिकताले भरिएको भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।  

उहाँले वडाभवन बनाउन पशुपति क्षेत्र कोर्षले भवन उपलब्ध गराए सँगै करिव १ बर्षको हाराहारीमा काठमाडौंँ महानगरपालिकाले तदारुकताका साथ वडा भवन निर्माण गरेको बताउनुभयो । उहाँले अबको केही दिन भित्रै वडा भवनको समुद्घाटन गरेर वडावासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो । 

पशुपतिनाथ परिसरमा रहेको काठमाडौँ महानगरपालिका वडा -८ नवनिर्मित भवनबाट पशुपतिनाथ परिसर, एरपोट परिसर, जयावगेश्वरी मन्दिर, नवाली टोल, ईट्टापाखा, दथु टोल, गौशाला लगायतका ठाउँहरू देख्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार