तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँ : डा. चन्द्रकान्त राउत

दक्ष खबर 16519+ समाचार ( )
२७ पौष २०८१, आइतबार

काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताउनुभएको छ ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउनुभयो । उहाँले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताउनुभयो । उहाँले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताउनुभयो । 

अध्यक्ष राउतले भन्नुभयो, ‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खै प्रधानमन्त्री बनाउन सकेको ? यसले खै संसदलाई नियन्त्रण गर्न सकेको, यसले खै कानून बनाउन सकेको भन्ने एकैचोटी हामी आशा गरिदिन्छौँ । धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।’

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताउनुभयो । पुराना राजनीतिक दलहरु पनि रातारात नआएको बताउनुभयो । न्युज एजेन्सी नेपाल 


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार