अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्ने छ : रवि लामिछाने

दक्ष खबर 15672+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

काठमाडौं । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्वपूर्ण सन्देश लेखेर विदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् । 

शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्‌नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् । 

उनले लेखेका छन् ‘भैरहवाबाट रविको अड्डासार : आज कृष्ण जन्माष्टमी । रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयर यूफोर–८६० को उडानबाट काठमाडौँ लगिएको छ । संक्षिप्त विदाई भेटमा उहाँले भन्नुभयोः ‘भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ–यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्ने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार