सेन्ट लरेन्स कलेज 'लाइफ साइन्स’ र ‘गणित, इन्जिनियरिङ तथा रोबटिक्स’ विधामा पुरस्कृत

दक्ष खबर 15672+ समाचार ( )
२१ मंसिर २०८१, आइतबार

काठमाडौँ । युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करणकाे सेन्ट लरेन्स कलेज दुई विधामा पुरस्कृत भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित सम्मेलनमा  ‘लाइफ साइन्स’ ‘गणित, इन्जिनियरिङ तथा रोबटिक्स’ विधामा पुरस्कृत भएको हो ।

कमलादीमा आयोजित ८ देखि १२ कक्षासम्म अध्ययनरत देशभरिका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न पाँच विधामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए । 

पहिलो विधा ‘लाइफ साइन्स’ मा कलेजका विद्यार्थीहरू नीलिमा सुवेदी, ज्योतिका राई र गणेश ज्योतिले सहभागी रहेका थिए जसमा उनिहरूले, भान्साबाट निस्किने प्याज र रातो बन्दाको बाहिरी बोक्राबाट पानीमा रहेका गह्रौँ धातुहरू (हेभी मेटल्स) तथा अम्लीय र क्षारीय गुणहरूलाई जाँच गर्ने परीक्षण किटको प्रस्तुत गरेका थिए ।

त्यस्तै, दोस्रोमा गणित, इन्जिनियरिङ र रोबोटिक्स अन्तर्गत कुशल दंगाल, सम्रक अधिकारी र सागर भट्टराईले बहुकार्यात्मक उपकरण निर्माण गरेका थिए । यो परियोजनामा विद्यार्थीहरूले आफ्नै मेहनतबाट खेर गइरहेका सामानहरू बनाएर सर्किटबाट अल्ट्रासोनीक आवाज निकाल्ने र घरमा दुख दिने साङ्ला, मुसाहरू धपाउने प्रविधिको विकास गरेका थिए । 

प्रधानाध्यापक तारा प्रसाद सुवेदीले “यसअघि पनि कलेजले यस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको र भविष्यमा पनि हामी यस प्रकारका गतिविधिहरूलाई प्रोत्साहन गर्दै थप सफलता हासिल गर्ने लक्ष्यमा रहेको बताउनुभयो ।”

त्यस्तै, विजेताहरूले ‘एसिया प्यासिफिक कन्फरेन्स अफ योङ साइन्टिस्ट्स २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

प्रतियोगितामा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका थिए । सम्मेलनमा लगभग ४३ वटा विद्यालयको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार