काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाे ४०औँ कार्यपालिका बैठक एक मिनेट बसेर सकिएकाे छ ।
आज बसेको कार्यपालिका बैठकले आगामी आइतबार १७औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ ।
सोही दिन बिहान कार्यपालिका बैठक बस्ने कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले बताउनुभयो ।
शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साह, उपव ले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।
कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।
कार्यपालिका बैठकमा ३२ वडाका वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।