मलङ्गवा । यात्रुवाहक बसले आज बिहान ठक्कर दिएपछि आक्रोशित भीडले बसमा आगजनी गरेका छन ।
मलङ्गवा –नवलपुर सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित एक साइकलयात्रीलाई ग २ ख १४४० नम्बरको बसले ठक्कर दिएकाे थियाे ।
बसको ठक्करले गम्भीर घाइते भएका कविलासी नगरपालिका–१०, सलेमपुरका जुगल किशोर महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।