काठमाडाैँ । नेपाल सरकारले संविधान दिवशको अवशरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ । भाद्र ९ गते प्रधानमन्त्रि केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्रि कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्शव) निर्णय गरेको हो ।
नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटि दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न लागेको हो ।
नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिनुभयो ।
यस्तै सरकारले संविधान दिवशको अवशरमा निजि क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ । छुट सहुलियत दिने विषय छनौटको लागि सबै मन्त्रालयको सचिवहरु भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिनुभयो ।
सरकारले संविधान दिवशको बिभिन्न कार्यक्रमहरु अशोज २, ३ र ४ गते मनाउने निर्णय गरेको छ । यस्तै संविधान दिवशको मूल कार्यक्रम अशोज ३ गते काठमाण्डौ लगाएत प्रदेश स्तरमा र पालिका स्तरमा मनाउन समेत सरकारले आह्वान गरेको छ ।
दिवश मनाउने अवधिमा सरकारले गरेका राम्रा कामहरुको सार्वजनिक प्रशारण र प्रदर्शन गर्ने निर्णय पनि सरकारले गरेको छ ।