सुरू भयो यस वर्षको एसईई (फाेटाे/ भिडियाे)

दक्ष खबर 12808+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

हरेक दिन परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार