प्रतिस्पर्धात्मक बनाउन शिक्षाकहरुलाई सेन्ट लरेन्सकाे चौथो कार्यशाला सम्पन्न
१४ पौष २०८०, आइतबार

काठमाडौँ । अहिलेको युग सूचना तथा सञ्चार प्रविधि (आईसिटी) को युग हो । सूचना प्रविधिसँग नजोडिएको कुनै क्षेत्र छैन र दिनानुदिन नव अनुसन्धान र खोज अध्ययन् भैरहेको अवस्थामा शिक्षा क्षेत्रमा पनि यसको आवश्यकता अपरिहार्य बनिसकेको छ ।
विश्वव्यापी रुपमै सूचना प्रविधिको व्यापक प्रयोग भैसकेकोले यो विषय आजको समयमा आधारभूत आवश्यकता भईसकेको छ l तसर्थ शिक्षण पेशालाई प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउन शिक्षाकर्मीहरुले आफुलाई पनि सूचना प्रविधिको प्रयोग र जानकारीमा अध्यावधिक राख्नु पर्ने हुन्छ । यद्धपी अझैसम्म पनि नेपालको सन्दर्भमा शिक्षक, प्रशिक्षक वा अन्य शिक्षा क्षेत्रका पेशाकर्मीको सूचना प्रविधिबारे ज्ञानस्तर सन्तोषजनक भने छैन l
राष्ट्र विकासको मेरुदण्ड नै शिक्षा भएकोले राष्ट्को आर्थिक, सामाजिक, राजनैतिक, सामाजिक विकासको मुलाधार नै शिक्षा भएकोले यस क्षेत्रमा होमिएका जनशक्तिलाई सुचना प्रविधिमा दक्ष बनाउनु नितान्त जरुरी भैसकेको अवस्था छ l
यिनै विषयलाई केन्द्रमा राखेर काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुल/कलेजको सहकार्य सम्झौता अनुरुप चौथो कार्यशाला “Exploration of Innovative Pedagogies” विषयमा सेन्ट लरेन्स स्कुल/कलेजको आईसिटी ल्याबमा सम्पन्न भएको छ ।
जसमा स्कुल र कलेजका सम्पूर्ण शिक्षक शिक्षिकाको सक्रीय सहभागिता देखिएको थियो l हामी प्रविधीको दास बनेर हैन कि प्रविधिलाई हाम्रो साथी बनाएर शिक्षा क्षेत्रको सर्वांगीण विकासलाई जोड दिदैँ ICT Integration को अवधारणामा Pedagogy लाई कसरी प्रभावकारी बनाउने, Artificial Intelligence (AI) जस्तै कि Chat GPT, Google Bard, Bing Open AI आदी लगायत अन्य विभिन्न प्रविधिहरुलाई प्रयोग गरेर आफु र आफ्नो कार्यलाई कसरी छरितो, अध्यावधिक र स्मार्ट बनाउने भन्ने उद्देश्य प्राप्तीका लागि प्रविधि मार्फत पाठका Rubrics, Puzzle, MCQ etc. का उदाहरणात्मक र प्रयोगात्मक कक्षाहरु पनि कार्यशालामा सम्पन्न गरियो l
यस कार्यशालाको सहजीकरण काठमाडौं विश्वविद्यालयका लेक्चरर तथा STEAM प्रशिक्षक नेत्र कुमार मानन्धरले गर्नुभएकाे थियाे l ३ घण्टा लामाे अवधीको कार्यशाला अन्तरक्रियात्मक रहेको थियो l कार्यशालाको अन्तमा सेन्ट लरेन्स स्कुल//कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन दिएर कार्यशाला सहजकर्तालाई मायाको चिनो प्रदान गर्नुभयो l