प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : संस्कृतिमन्त्री

दक्ष खबर 16544+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याउनु भएको छ । 

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नु भयो,बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । मन्त्री पाण्डेले थप्दै भन्नु भयो,कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहिँ कानुनको अभाव त कहिँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकीर गर्नु भयो। उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनु पर्नेमा जोड दिनु भयो । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गर्नु भयो । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताउनु भयो ।

साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार