काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार (भाेली) बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो ।
गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय माग गरेपनि सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न समय नदिएर बैठक भाेलीका लागी राखिएकाे हाे ।
सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गर्नुभएकाे हाे ।