भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : शक्तिबहादुर बस्नेत
२३ कार्तिक २०८०, बिहीबार
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्र्रियामा उहाँले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताउनुभयो ।
पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उहाँको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उहाँले बताउनुभयो ।
सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उहाँले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताउनुभयो । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताउनुभयो । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उहाँले बताउनुभयो ।
जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराउनुभयो । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उहाँको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिनुभयो । सुरक्षाकर्मी मित्रको पु¥याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उहाँले विशेष धन्यवाद दिनुभयो ।
भूकम्पले अधिकांश विद्यालयमा क्षति हुनुका साथै चिसोयामका कारण अर्को समस्य थपिने भएकाले शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयमा बहस हुन थालेको छ । अधिकांश घर बस्न योग्य नभएको अवस्थामा विद्यालयसमेत भत्किएपछि विद्यार्थी चर्को समस्यमा परेका छन् ।
शैक्षिक क्रियाकलाप अगाडि बढाउनका वैकल्पिक टहरा निर्माण गरेर विद्यालय खोल्ने योजनामा रहेको स्थानीय तहले बताएका छन् । रूकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताउनुभयो । “अहिले उद्धारम लागि परेका छौँ । अब तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
आठबिसकोटमा ६७ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमले जनाएको छ । इकाइ प्रमुख ताराप्रकाश पुनमगरले प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।
नलगाड नगरपालिकामा पनि वैकल्पिक तरिकाले विद्यालय सञ्चालनमा ल्याइने नगरप्रमुख डम्बर रावतले बताउनुभयो । पठनपाठन सञ्चालनकाबारे प्रदेश सरकार, विभिन्न सङ्घसंस्थासँग छलफल गरेर भौतिक संरचनाभन्दा पनि, टहरालगायत उपाय अपनाएर गर्ने योजनामा रहेको उहाँको भनाइ थियो । नलगाढ बढी भूकम्पबाट प्रभावित क्षेत्र हो ।
नगरप्रमुख रावतका अनुसार उक्त नगरपालिकाभित्र ३४ विद्यालय पूर्णरूपमा क्षति भएका छन् । जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा भूकम्पबाट दुई सय सात सरकारी विद्यालयमा क्षति भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा एक सय ५२ विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमका इकाइ प्रमुख पुनमगरले भूकम्पबाट ३८ विद्यालयमा पूर्ण र १७ विद्यालयमा आंशिक क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी नगरपालिकामा दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा १७ वटामा क्षति भएको छ ।
नलगाड नगरपालिकामा १२ विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा २१ वटामा क्षति पुगेको छ । छेडागाडमा तीन, कुशेमा चार र बारेकोटमा पाँच विद्यालय विद्यालय पूर्णरूपमा भत्किएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक र जुनिचाँदे गाउँपालिकामा २३ विद्यालयमा पूर्ण क्षति भएको छ ।
जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
विद्यालयमा टहरा बनाएर पढाउने योजनामा स्थानीय तह
तिहारलगत्तै खुल्ने तरखरमा रहेका सामुदायिक विद्यालयमा भूकम्पले क्षति बनाएपछि तत्काल कसरी पठनपाठन सुरु गर्ने भन्नेमा स्थानीय तह समस्यमा परेका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मा रहेकाले तिहारलगत्तै विद्यालय खोल्नुपर्ने अवस्था छ ।
रुकुमको आठबिसकोटको माथिल्लो डोल्पासँग जोडिएको भागमा, जाजरकोटको नलगाड नगरपालिकाको माथिल्लो भागमा तथा बारेकोट गाउँपालिकामा बढी चिसो तथा हिमपात हुने गर्दछ । घरविहीन भएका बालबालिका अस्थायीरुपमा निर्माण गरिएका टहरामा गएर शिक्षा लिने सम्भावना बढेको छ । यसरी शैक्षिक क्रियाकलाप अगाडि बढाउँदा बालबालिकाको दिमागका कति मनोवैज्ञानिक त्रास होला भन्ने अर्को प्रश्न उठेको छ । अहिले पनि समयसमयमा बालबालिका झस्किने गरेका स्थानीय बताउँछन् ।