विनायक सिद्ध कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण गर्दै

दक्ष खबर 15672+ समाचार ( )
११ श्रावण २०८०, बिहीबार


काठमाडौँ । चावहिलमा अवस्थित विनायक सिद्ध कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

सन् २०१४ मा स्थापित कलेजले २०८० सालमा कक्षा ११ मा भर्ना भएका नव-आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा महेश दोङ सहित टीम वडा -६ को प्रस्तुति रहने छ भने, सुरेन राई तथा सुजन मार्पा तामाङको प्रस्तुति रहने कलेजले जनाएको छ । 

कार्यक्रम शुक्रबार बिहान ७ बजे स्माट प्यालेस चावहिलमा आयोजना हुने कलेजले जनाएको छ । कार्यक्रम सञ्चालन यसोदा राईले गर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार