रवि लामिछाने आईतबार मात्रै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने

दक्ष खबर 15668+ समाचार ( )
२६ मंसिर २०८१, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आईतबार मात्रै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । 

आज रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराका अनुसार उहाँ आइतबार बिहान ८ : ३० बजे नै उपस्थित हुने जनाएको छ । 

"उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ । सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ " रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार