काठमाडौँ । मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । चावहिलको चुच्चेपाटीमा रहेको कलेजले शनिबार एक कार्यक्रमका बीच नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सहित कलेजका बारेमा जानकारी गराएको हो ।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी ऋषि धमला, हास्य कलाकार सन्दिप क्षेत्री, गायक अमर अनुराग श्रेष्ठ, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ सहित कार्यक्रममा कलेजका विभिन्न तह र तप्काका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो भने, कार्यक्रममा मनास्लुका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले, " कलेजले हाल सञ्चालनमा रहेकाे विषयहरू फरक हिसाबले पढाई रहेको र छिटै ब्युटी र कस्मेटिक्स लगायतका नयाँ विषयहरू सुरु गर्न लागेको जानकारी दिनुभयो ।" उहाँले मनास्लुमा भर्ना भएका विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कक्षा १२ की छात्रा रित राणाले मनास्लुले आफ्ना लागी ठुलो ज्ञान र अवसरहरू सिर्जना गरेको बताउनुभयो । उहाँले, कलेजमा हुनुपर्ने सबै पक्ष मनास्लुमा उतिकै अब्बल रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी ऋषि धमलाले, "मनास्लुको व्यवस्थापनबाट आफू प्रभावित भएको बताउदैँ सबै पक्षको राम्रो समिश्रण भएकाले मनास्लु उत्कृष्ट कलेज रहेको बताउनुभयो ।" उहाँले मनास्लुको अनुशासनले यो देशको आगामी यात्राको मार्गनिर्देश गर्ने र भोलिको मन्त्री, प्रधानमन्त्री, वैज्ञानिक, पत्रकार, कलाकार सबै मनास्लुका विद्यार्थी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा अमेरिकन ट्रेनिङ कम्पनी सफ्ट स्किल्स ए। एच। ए। कि अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशक आयुशा श्रेष्ठले मनास्लुमा निकट भविष्यमा सञ्चालन हुन लागेको सफ्ट स्किल्स तालिमको बारेमा जानकारी गराउनुभयो । उहाँले कक्षाकोठा र करियर बिचको अन्तरलाई पुल बनेर जोड्ने काम गर्ने बताउनुभयो ।
कार्यक्रम समापन गर्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले, "मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा अगाडि बढिरहेको बताउनुभयो ।" उहाँले दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गर्दै कलेजलाई विश्वास गरेर सातसय भन्दा धेरै विद्यार्थीहरूलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गर्नुभयो ।
कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको प्रस्तुतीका साथै सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा कलेजका विषयमा विशेष प्रस्तुतीका साथै विद्यार्थीहरूले कलेजमा पालना गर्नुपर्ने नियमहरू प्रस्तुत गरिएको थियो ।
विद्यार्थीको रोजाईमा पर्न सफल मनास्लु वल्र्ड कलेजले विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकायमा अध्ययन अध्यापन गराइन्छ ।