काठमाडाैँ । तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र इन्द्रचोक किनमेल गर्ने मानिसको भीडले भरिएका छन् ।
काठमाडाैँ महानगरपालिका वडा २७ का यी ठाउँहरूमा सर्वसाधारण, व्यापारी र उत्सव मनाउनेहरूबीचकाे चहलपहल बिहानदेखि बेलुकीसम्म उल्लेखनीय देखिएको छ ।
दियो, माला, लत्ताकपडा र सजावटका सामानहरू किन्न आउने ग्राहकले बजारलाई साँघुरो बनाइरहेका छन्। विशेषगरी धनतेरस र लक्ष्मीपूजाको लागि आवश्यक पर्ने सामग्री सुनचाँदीका गहना, मिठाई, फूलमाला, रङ्गोली र बत्तीहरूको बिक्रीमा तीव्र वृद्धि देखिएको छ।