काठमाडौँ । अग्निजन्य हिंसा, दुर्घटना तथा प्राथमिक उपचार सम्बन्धि सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौँ महानगरपालिका वडा-८ को आयोजनामा बि भि एस् नेपाल सँगको सहकार्यमा ताम्रेश्वर भजन मण्डलीमा सचेतिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सचेतिकरण कार्यक्रममा किर्तिपुर अस्पतालका प्रमुख संयोजक हेमन्त दोङ जोशीले प्रस्तुति दिनुभएको थियो । उहाँले, कार्यक्रममा बोल्दै, ' पछिल्लो समय आगलागीका घटनाहरू बढ्दो रूपमा रहेकाले यसबाट हामीहरू सचेत रहनु पर्ने बताउनुभयो ।'
उहाँले अग्नि जन्य पदार्थ सँग खेलवाड गर्न नहुने र यसबाट उत्पन्न घटनालाई सामान्य रूपमा नलिन पनि आग्रह गर्नुभयो । परिस्थिति सधैं एउटै नहुने भएकाले पनि समाजमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको समेत जोशीले बताउनुभयो ।
वडाअध्यक्ष आशामान संगतले सार्वजनिक स्तरमा नै यस्ता सचेतिकरण कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो । कामपा वडा -८ को पहलमा यस्ता कार्यक्रमहरू आयोजना भईरहने र त्यसबाट वडाबासीहरूले लाभ लिने आश गरेको वडाअध्यक्ष संगतले बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा श्री कृष्ण थापाले, आगलागीका घटनाहरूलाई सामान्य रूपमा नलिई पूर्व तयारी स्वरूप अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै स्थानीय वासिहरूले पनि आगामी दिनहरूमा वडास्तरबाटै यस्तो जनचेतनामूलक कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कामपा -८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, राज्यलक्ष्मी भुषाल, शिखर देउला लगायत वडावासीहरूको उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रम सञ्चालन वडा सदस्य सलोनी ओडारीले गर्नुभएको थियो ।