काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ हा विभिन्न सहभागी टोलीहरूको खेल जारी रहेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैनचौर खेल मैदान समुद्घाटन गर्नुभएको जारी खेलको पहिलो दिन मंगलबार आयोजक वडा नं. २३ लाई टाइव्रकेरमा २-१ अन्तरले हराउदैँ काठमाडौँ महानगरपालिकाले विजयी यात्रा सुरु गरेको हो ।
निर्धारित समयमा दुवै टिमको १-१ गोल भएको थियो । शुरुवातत्मा अनुप मगरले केन्द्रलाई अग्रता दिलाएको थिए । यसपछि वडा नं. २३ का राजीव चित्रकारले गोल गरेर बराबरी बनाएका थिए । पेनाल्टी सुटआउटमा केन्द्रले प्रिक्वाटरफाइनलका लागि स्थान बनाएको हो । अनुप मगर पहिलो खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै, मंगलबार भएको दोस्रो खेलमा वडा नं.९ ले वडा नं. २७ लाई २-० गोल अन्तरले पराजित गरेको छ । वडा नंं ९ का लागि दुवै गोल मिङ्मा लामा तामाङ्ले गरेका थिए । यसमा मिङ्मा नै म्यान अफ द म्याच घोषित भएका हुन् ।
तेस्रो खेल वडा नं. ६ र ११ का बिचमा भएको थियो । यस खेलमा वडा नंं ६ ले ११ लाई ३-२ गोल अन्तरले पराजित गरेको हो । वडा नं. ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले १/१ गोल गरेका थिए । वडा नं. ११ का लागि जनक कोइराला र रितेश महतोले गोल गरेका थिए । खेलमा वडा नं. ६ का केशव म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै बुधबार भएको पहिलो वडा नं. ३ र वडा नं ३० बिच भएको खेलमा ७-० अन्तरले वडा नं ३० पराजित भएको छ ।त्यस्तै, खेलमा सुजन महर्जनले सर्वाधिक ४ गते गरेका थिए भने, प्रज्वल भट्टराईले २ तथा अनुराग श्रेष्ठले १ गोल गरेका थिए । त्यस्तै खेलमा म्यान अफ द म्याच वडा नं. ६ का सुजन महर्जन घोषित भएका थिए ।
त्यस्तै, बुधबार नै भएको वडा नं. २० र वडा नं. २९ बिच भएको दोस्रो खेलमा २-० गोल अन्तरले वडा नं २९ पराजित भएको छ । खेलमा वडा नं. २० का युनिक मान डंगोलले २ गोल गरेका थिए भने, उहाँ नै म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।
त्यस्तै, बुधबार नै भएको वडा नं. १४ र वडा नं. १५ बिचको भएको तेस्रो खेलमा १-० गोल अन्तरले वडा नं १५ पराजित भएको छ । वडा नं. १४ का रूपक हमालले १ गोल गरेका थिए भने, उहाँ नै म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।
त्यस्तै, आजै भएको वडा नं. १० र वडा नं.२५ बिच भएको चौथो खेलमा वडा नं.२५ पराजित भएको छ । सोही खेलमा वडा नं १० का इमरोज श्रेष्ठले १ गोल गरेका थिए भने, उहाँ नै म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।
खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ ।
खुला उमेर समूहका पुरुष खेलाडी बिच हुने खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।