कामपाको बजेट तर्जुमा समितिको बैठक सम्पन्न, अर्को बैठक शनिबार बस्ने (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
२७ आषाढ २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक र नगरसभा अधिवेशन आइतबार बस्ने भएपछि बजेट तर्जुमा समितिको बैठक बसेको छ । 

उपप्रमुख संयाेजक रहनु भएकाे समितिको बैठक शनिबार २ बजे महानगरको सभाकक्षमा बस्ने निर्णय गरेको छ । 

बैठकमा वडाहरूले बजेट तोक्दै गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरू, कुन कुन विषयमा कसरी बजेट तोक्ने, कुन वडालाई कति बजेट तोक्ने र तीन वटातहमा विभाजित रूपमा बजेटका सिलसङहरू तोक्ने विषयमा छलफल भएको थियो । 

बजेटकाे सिलिङ ताेकिए पछि वडा, विभागहरूले आवश्यक बजेट ताेक्ने छन् । 

बैठकमा बजेट तर्जुमा समितिमा रहनुभएका महानगर उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता सहित विभिन्न समितिका संयोजकहरू सहित वडाअध्यहरूको सहभागीता रहेको थियो । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार