काठमाडौँ । जयश्री भैरव बचत तथा ऋण सहकारी संस्थाको १७औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिवार नारायणटार स्थित नविल फुडल्याण्डमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष नन्दराम महतको सभापतित्व रहेको थियो भने, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा साधारणसभामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक रिसालले, "जनताको भरोसा र आफ्नो अस्तित्व अनुरूप काम गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । "
उहाँले, देशभर सहकारीका हजारौं भागेका, जनतालाई ठगेका केशहरू बाहिर आईरहदाँ यस सहकारी संस्था जनता वा बचत कर्तामा कतिवद्ध भएर अगाडि बढ्ने आफुले बिश्वास लिएर बताउनुभयो । सहकारी संस्थाहरू आयु कम हुदैँ गईरहेको बेलामा यस सहकारी संस्थाले १७ वर्षलामो इतिहास कायम गर्नु चानचुनको कुरा नरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, उपप्रमुख सान्नानी लामाले, "सहकारी संस्थाहरू जनताको भरोसा अनुरूप चल्नुपर्नेमा जोड दिनुभयो ।" सहकारी भन्ने बित्तिकै सुरक्षित छ भन्ने भाष्य निर्माण गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, नगरपालिकाका सहकारी शाखा प्रमुख दिपक थापा, गोनपा ४ का वडा सदस्य राजेश श्रेष्ठ, पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नयाँपाटी साकोसका सञ्चालक राजेन्द्र भण्डारी, श्री लोकतान्त्रिक मिनिट्रक बस व्वसायी सहकारी संस्था लि.का सञ्चालक श्रीचन के.सी., समाजसेवी गोविन्द बहादुर श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन सहकारीका सचिव श्रीकण्ठ थापाले गर्नु भएको थियो ।