वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्याे : एमाले

दक्ष खबर 16544+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताउनुभयो ।

यस्तै, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले दसैँलगत्तै पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र यही असोज २७—२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार