दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्‌पकालीन आदेश

दक्ष खबर 16565+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं जिल्‌ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्‌पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

हिल्‌टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । 

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइपछि उनलाई तत्काल पक्राउ नगर्न अल्‌पकालीन अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार