पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने : उपप्रधानमन्त्री

दक्ष खबर 15668+ समाचार ( )
१५ मंसिर २०८१, सोमबार
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले नेपाल कला,सँस्कृति र परम्पराका हिसावले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताउनुभयो । 

महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लाग अत्यन्त जागरुक रहेको देखाएको उहाँले बताउनुभयो ।  देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक,बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म,भाषासंस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताउनुभयो । 

‘तपाईंहरुको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा,धर्मसँस्कृति,  रहनसहन, पुर्खाले छाडेर गएका रितिथिति परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिनेरहेछ भन्ने देखाउँछ,’  उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौं, त्यसलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दा कसैलाई  अप्ठ्यारो नहुनेगरि प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’

महोत्सवमा गुरुङ समुदायको उपस्थिती, कला, संस्कृति,परम्पराको प्रस्तुतीले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उहाँले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा उहाँले बधाई ज्ञापन गर्नुभयो । राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन  सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गर्नुभयो । गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा महोत्सवमा आयोजना गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार