खानेपानी मन्त्रालयमा आगलागी : डकुमेण्ट कुनै जलेको छैन, घटनाको अनुसन्धान हुँदैछ : खानेपानीमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
२६ पौष २०८१, शनिबार

काठमाडाैँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।

आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताउनुभयो । अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो ।

शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिनुभयो । पानी तताउने मेसिन होला भनेर छोडेको भएपनि आज भने आगलागी भएको बताउनुभयो ।

प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताउनुभयो । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताउनुभयो । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको बताउनुभयो ।

खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउनुभयो । उहाँकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

शुक्रवारदेखि नै विद्युत सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हनुसक्ने बताउनुभयो । ठूलो क्षति हुनबाट जोगिएको बताउनु भयो ।मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार