थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

दक्ष खबर 16553+ समाचार ( )
३० पौष २०८१, बुधवार

काठमाडौँ । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

टाइम्स ‘ए’, राइभल इन्डिया, अर्म्री 'बि’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, आर्मी ‘बी’ले होउन्ड्स तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरे ।

सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा आर्मी ‘बी’ले राइभल पाकिस्तानकाे सामना गर्नेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्टमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुनेछ । प्रतियोगितामा नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार