काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो । रक्षामन्त्री खड्काले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताउनुभयो ।
उहाँले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले ज्योतिष पूर्वीय वाङ्ग्मयको ज्ञान रहेकोे र यसलाई सृष्टिको आरम्भदेखि महत्त्वपूर्ण विधाका रुपमा ठूलो आदर र महत्त्वका साथ हेरिने गरिकाले नेपाल ज्योतिष परिषद्ले आधिकारिक सूचना प्रवाह गर्ने संस्थाको रुपमा योगदान दिनुपर्ने सुझाब दिनुभयो ।