काठमाडौँ । नेपाल सम्वत राष्ट्रिय सम्वत हो, नेपाल सम्वत राष्ट्रिय सम्वत ख " भन्ने नाराका साथ नेवा : देय दबु मेलम्ची नगर समिती र मेलम्ची नेवा: खल द्वारा आयोजित नेपाल सम्वत ( न्हुँदया भिन्तुना ) ११४४ को अवसरमा शुभकामना आदानप्रदान तथा भिन्तुना र्याली मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले एक जात जातिले मान्दै आएको पर्व हामी पनि मनाउँछौँ शुभकामना आदान प्रदान गर्छौँ यसले आपसी सद्भाव कायम गर्दछ ।
नेवार समुदाय लाई अझ चाहिँने बाजा थप केही अपुग भएको जानकारी पाएको छु त्यसलाई छिटै पुर्णता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यो नेपाल संवत् भनेको नेवार समुदायको मात्र न भै हामी सबै नेपाली हरुको भएको बताउनु भयो । यो पटक बाजा सहित र्याली हामिले सम्पन्न गरौँ अर्को बर्ष अझ ससक्त रुपमा अझ जन मानस सहभागी भै सब्यर भब्य रुपमा सम्पन्न हुने बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले, यहाँहरुमाझ चुनाबमा गरेका वाचा प्रतिबद्धता बजार ब्यबस्थापन लगाएतका कुरा हरु केही बाँकी नै छ त्यसलाई नगरपालिकाले तिहार पछि निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले समृद्ध नगरपालिका बनाउँन यहाँको सबैको साथ सहयोग आबश्यक पर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम मेलम्ची नगर पालिकाका उप प्रमुख उमा प्रधानले जति पनि बिदेशी पर्यटक हरु नेपाल आउँछन तिनी हरु सबै हाम्रो सँस्कार सँस्कृती भेषभुषा हेर्न आउने हो त्यसैले हामिले हाम्रो धर्म सँस्कृती लाई संरक्षण गर्न जरुरी छ । अहिले नगर पलिकाले सबै जात जाती हरुको तथ्यांक संकलन गरि सबैको संस्कृति संरक्षण गर्न लागिरहेको जानकारी गराउँनुभयो साथै उहाँले यसमा यहाँ हरुको साथ र सहयोग आबश्यक पर्ने जानकारी गराउँनुभयो ।
हामिले सबै जातजातिय हरुलाई एउटा ठाउँमा राखी एउटा सुन्दर फुलबारी बनाएर नगरपालिका लाई चिनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ नेवा : देय दबु वाग्मती प्रदेश का सद्स्य एवम मेलम्ची नगरपालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ समाजसेवी राधाकृष्ण श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।