सुहाङलाई भोट माग्दै ओलीले भने,'उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्'

दक्ष खबर 15668+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते हुने उपनिर्वाचनको चुनावी सभामा सहभागी हुनु भएकाे छ।

बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताउनुभयाे ।  उहाँले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताउनुभयाे । 

सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताउनुभयाे । ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको समेत बताउनु भयाे । 

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउनु भयाे । उहाँले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार