गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस—सुन्तलीको दुःख हट्छ : प्रधानमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताउनुभएको छ ।मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताउनु भयो । उहाँले उहाँले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउनु भयो । उहाँले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज हामीले नयाँ काम थालेका छौँ । यसलाई सफल बनाउनुपर्नेछ । थालेपछि सफल हुन्छ । मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस—सुन्तलीले क्रिकेट मैदान शुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो । यति ठूलो काम आँटियो ।’

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताउनु भयो । — न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार