काठमाडाैँ । मिस युनिभर्स नेपाल सुरु हुनु अगावै कानुनी झमेलामा परेकाे छ । उमङ कृयासनले फ्रेन्चाइज फिर्ता गरेपछि मिस युनिभर्स नेपालमा नयाँ टिमकाे प्रवेश भएकाे छ ।
मिस युनिभर्सकाे नयाँ सेसन सुरु नहुँदै कानुनी झमेलामा परेकाे हाे । जावलाखेल स्थित जिल्ला प्रहरी कार्यलका अनुसार नयाँ अर्गनाइजरले उमङ कृयासनले आफ्नो फ्रेन्चाइज समयमा उत्पादन गरेको डिजिटल असेटमा आफ्नो दाबी गरेको बताइएकाे छ ।
उमङ कृयासनले भने आफ्नो समयमा उत्पादन गरेका सम्पूर्ण कार्यक्रम, भिडियोहरुमा नितान्त आफ्नो मात्र अधिकार हुने र नयाँ अर्गनाइजरको दाबी हक सम्मत नरहेकाे जनाएको छ ।
यसरी नयाँ सेसन सुरु नहुँदै देखिएको कानुनी झमेला ले २०२४ को मिस युनिभर्स नेपाल हुने नहुनेमा दुविधा थपिएको छ ।