प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पारिदिनुहोस् : गृहमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
२५ आषाढ २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्‌दै मन्त्री लेखकले पछिल्‌लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाए । 

उनले भने, ‘भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेका छन् । त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ, अनुसन्धान भइरहेको छ । सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको छ ।’

उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जान्छ र त्यसपछि सार्वजनिक हुन्छ । त्यसैले म माननीय सदस्य साथीहरुलाई आग्रह गर्न चाहन्छु, को को जानुभयो ? को फर्किनुभयो ? स्पष्ट जानकारी दिए सरकारलाई सजिलो हुन्थ्यो,’ मन्त्री लेखकले भने ।

गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । ‘कल्‌पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहिँ पुगिँदैन,’ उनले चेतावनी दिए। भिजिट भिसा दुरुपयोग र स्पेन भ्रमणसम्बन्धी विषय संसदमा पछिल्‌लो समय विवादको रुपमा उठिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार