काठमाडौँ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका पूर्व अध्यक्ष सुदन किरातीले पशुपति क्षेत्र विकास कोष र गौशाला धर्मशाला बिचको सम्झौता भङ्ग गर्दा आफुलाई राजनैतिक इन्सोरेन्स छ कि छैन ? भन्दै धम्की आएको बताउनुभयो छ ।
उहाँले पछिल्लो समय गौशाला धर्मशालामा विभिन्न विवादहरू भईरहदाँ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै, माडवारी सेवा समिति र कोषबिचको सझौता भङ्ग गर्दै आफुले धम्की खेक्नु परेको बताउनुभएको हो ।
उहाँले, सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ, "अदालतको फैसलासँगै दुःखले आर्जेको गौशाला धर्मशाला जोगाउन सम्बन्धित पक्षले फूकि फूकि पाईला चाल्नु पऱ्यो । अन्यथा : यो विषय गहिरो छ। मैले सम्झौता भङ्ग गर्दा मलाई तिम्रो राजनैतिक इन्सोरेन्स छ कि छैन ? भन्ने सम्मको धम्की खेप्नु परेको थियो । जय पशुपतिनाथ !"
यसैबीच, हालका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहनुभएका बद्री पाण्डेले पनि पछिल्लो धर्मशाला विवादमा विभिन्न धक धम्कीहरू आईरहेको बुझिएको छ ।