काठमाडौँ । प्रलभ बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष दिनेश भण्डारीको सभापतित्वमा भयो ।
साधारण सभाले अध्यक्ष दिनेश भण्डारीले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजु श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको भावी कार्ययोजना पारित गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वडा अध्यक्ष तथा प्रमुख अतिथी थापाले स्थानीय क्षेत्रको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका भए पनि राज्यले राम्ररी नियमन गर्न नसक्दा समस्या आएको बताउनु भयो । केही सहकारीको समस्यालाई लिएर पुरै सहकारी क्षेत्रलाई दोष दिनु गलत भएको थापाले बताउनु भयो ।
गोकर्णेश्वर नगरपालिकाका सहकारी विभागका प्रमुख दिपक थापाले सहकारीमा आबद्ध सबै पक्षले सचेत भए सहकारीमा समसया नआउने बताउनु भयो । सञ्चालक समिति र लेखा समितिले सहकारीमा सुशासन अभ्यास गर्नु पर्ने थापाले बताउनु भयो । उहाँले पछिल्लो समयमा सहकारीका बारेमा शेयर सदस्य र बचतकर्ता सचेत हुँदै गएकोले सहकारी क्षेत्रमा समस्या घट्दै गएको बताउनु भयो ।
सो अवसरमा, वडा सदस्य श्रीकृष्ण कारञ्जित, सहकारीका उपाध्यक्ष हरिदास श्रेष्ठ, सचिव कुमार बोगटी, सदस्यहरु श्याम श्रेष्ठ, विष्णुहरी कर्माचार्य, द्वारिका श्रेष्ठ, लेखासमिति सदस्य हरिदास श्रेष्ठ (ए), प्रिती श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । शनिवार गोनपा ९ स्थित सुनगाभा पार्टी प्यालेसमा भएको साधारण सभाको उद्घाटन शत्रको कार्यक्रम सञ्चालन राजकुमार श्रेष्ठले गर्नु भएको थियो ।
प्रलभ बचत तथा ऋण सहकारी संस्था लि.मा ५ सय २५ जना शेयर सदस्य तथा करिब १४ सय जना बचत सदस्य रहेका उपाध्यक्ष उपाध्यक्ष हरिदास श्रेष्ठले बौद्ध खबरलाई जानकारी दिनु भयो ।