जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल

दक्ष खबर 15668+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

काठमाडौँ । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पुरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् । 

‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस् । हामीले जेनजीको रगतले तपाईलाई बनाएका हाैँ,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पुरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्की ज्यु तपाईलाई त्यहाँ राखेको जेनजीको माग पुरा गर्न हो ।’

उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए ।  भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए । 

‘देश गरिब हैन, म सम्पूर्ण किसानहरुलाई भन्छु तपाईहरुको उत्पादन यो सरकारले किन्दिन्छ ? छैन नि म किन्दिन्छु बाचा भो तपाईले जे फलाउनुहुन्छ सबै हामी किन्दिन्छौँ । मल चाइयो हामी दिन्छौँ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार