तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए

दक्ष खबर 15672+ समाचार ( )
१५ फाल्गुन २०८१, शनिबार

काठमाडौँ । तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् ।

प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुनेबाट प्रदर्शन गर्दै जडिबुटी क्षेत्र पुगेका उनीहरुले कम्पनीमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

त्यस्तै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । सिनामंगलमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । राजावादी समूहको प्रदर्शनकारीले  लगाएको हुनसक्ने आशंका गरिएको छ । 

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार