काठमाडौँ । जयवागेश्वरी युवा क्लबको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा ८ को सह–आयोजनामा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।
कामपा वडा ८ मा स्थायी तथा अस्थायी रूपमा बसोवास गर्ने २०८१ सालमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने सात (७) जना सहित एक सय बयासी (१८२) जना एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमका संयोजक दिलिप बैद्यले स्वागत मन्तब्य राख्दै,“एसईई दिएर बस्नुभएका विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राका लागि शैक्षिक संघसंस्थाहरुलाई एकै ठाउँमा ल्याउने बुझ्ने र जानकारी प्रदान गर्ने उद्देश्य सहित विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागी एसईई सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।“
उहाँले, “विभिन्न ११ वटा शैक्षिक संघसंस्थाहरूको जानकारी लिनुका साथै विद्यार्थीहरूले सहि र गुणस्तरीय शैक्षि.क गन्तव्य चयन गरून भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।“
त्यस्तै, कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले,“एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित आगामी शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुहुदैँ शिक्षा नै भविश्यको मार्ग दर्शन भएकाले सहि शैक्षिक संस्थाबाट शिक्षा लिन आग्रह गर्नुभयो ।
वडाअध्यक्ष संगतले, “विभिन्न शैक्षिक संघसंस्थाले माध्यमिक शिक्षा परीक्षा एसईईमा शतप्रतिशत सहित विभिन्न तहमा आफ्नो नतिजा प्रस्तुत गर्नुहुने विद्यार्थीले कक्षा ११/१२ मा नै कुन देश जाने होइन कुन ठाउँमा कुन स्तरको कलेजमा कसरी उच्च शिक्षा हाँसिल गर्ने भन्नेतर्फ सोच विचार गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।“ उहाँले, “अहिलेको शैक्षिक स्तर मात्र होइन विद्यार्थीहरूको भविष्य प्रतिपनि चिन्ता लिन आवश्यक रहेको बताउनुभयो ।“
त्यस्तै, शिक्षाविद्, जयवागेश्वरी युवा क्लबका सल्लाहकार अनन्त प्रसाद भेटवालले, “एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै,“शिक्षा जस्तो पवित्र क्षेत्रमा कसैले पनि कुदृष्टिले हेर्न नहुने बताउनुभयो ।“ उहाँले,“ विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्ने तहमा पुगिरहदाँ उनिहरूको स्तरलाई वृद्धि गर्दै अगाडि बढाउन शैक्षिक संस्थाहरुले अभिभावकत्व लिनुपर्ने बताउनुभयो ।“
“शिक्षा पवित्र कुरा हो । यसलाई तलमाथि गर्नु, विगार्नु ज्ञानको कसीलाई तोडमोड गर्न खोज्नु अज्ञानताको बाटोतर्फ अग्रसर हुनु रहेको भेटवालले बताउनुभयो ।“
विभिन्न कलेजका प्रतिनिधिहरूले,“स्थानीय संघ संस्थाले निजि स्तरबाट जुन हिसावले युवा पुस्तालाई अगाडि बढाउन यस्तो सम्मान कार्यक्रम राख्नु महत्वपूर्ण कुरा रहेको बताएका थिए । उनिहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै गहन शैक्षिक गन्तव्यका लागि यस्ता खाले कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
कार्यक्रको सभापतिका रुपमा जयबागेश्वरी युवा क्लबका अध्यक्ष रजिश श्रेष्ठ रहनु भएको थियो भने, कार्यक्रमको प्रमख अतिथि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा कामपा ०८ का वडाअध्यक्ष आशमान संगत रहनुर्भको थियो । कार्यक्रमको विशिष्ट अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वान्का पूर्व गर्भनर, शिक्षाविद्, जयवागेश्वरी युवा क्लबका सल्लाहकार अनन्त प्रसाद भेटवाल रहनु भएको थियो ।
त्यस्तै, अतिथिका रुपमा एसईई सम्मान कार्यक्रम २०८२ का संयोजक एवं संस्थाका निर्वतमान अध्यक्ष दिलिप बैद्य, कामपा वडा ०८ का वडासदस्यहरु सरस्वती राज भण्डारी, सलोनी ओडारी सहित विभिन्न शैक्षिक संघसंस्थाबाट पाल्नुहुने ब्यक्तीहरु रहनुभएको थियो ।
कार्यक्रममा मनास्लु बल्ड कलेज, सेन्ट लरेन्स कलेज, आदिम नेशनल कलेज, विनायक सिद्ध कलेज, टेक्सस इन्टरनेसनल कलेज, रिलायन्स इन्टरनेसनल कलेज, ग्यालेक्सी पब्लिक स्कुल, इलिक्सर एकेडेमी, नोवल एकेडेमी, नासा कलेज लगायतका संघसंस्थाहरु सहभागी रहेका थिए । कार्यक्रममा मिडिया पाटनरका रूपमा दक्ष खबर डटकम रहेको थियो ।
कार्यक्रममा सिफल सेकेन्डरी स्कुलबाट शतप्रतिशत अंक ल्याउने प्रतिक डंगोल, काठमाडौँ इन्टरनेसनल स्कुलबाट शतप्रतिशत अंक ल्याउने स्वरित भेटवाल र इलिक्सर एकेडेमीबाट शतप्रतिशत अंक ल्याउने विद्यार्थीहरू आर्य भूषण आचार्य, दीक्षित आभार्य, श्रीजेश गौतम, स्लेष्मा सेढाई, उपासना प्याकुरेललाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन जयवागेश्वरी युवा क्लबका सहसचिव सुजन तिमल्सिनाले गर्नुभएको थियो । जयवागेश्वरी युवा क्लब सांस्कृतिक, धार्मिक एवं सामाजिक कार्यहरूमा अग्रणी संस्था हो । जसको स्थापना २०६४ सालमा भएको थियो ।