काठमाडौँ । छैटौँ उपत्यकाव्यापी विवाहित महिलाहरूको समूहगत तीज नृत्य प्रतियोगितामा नेपाल श-सस्त्र प्रहरीले प्रथम स्थान हात परेको छ ।
गोकर्णेश्वर नगरपालीकाको विशेष सहयोग तथा शिखर छहारी साँस्कृतिक कला केन्द्रद्वारा आयोजित छैटौँ उपत्यकाव्यापी विवाहित महिलाहरूको समूहगत तीज नृत्य प्रतियोगिता एवं बधाई तथा सम्मान कार्यक्रम नेपाल श-सस्त्र प्रहरी प्रथम भएको हो ।
त्यस्तै, दोश्रो स्थान गोकर्णेश्वर नगरपालिका वडा ८ ले हात पारेको थियो भने, तेश्रो स्थानमा नेपाल डान्स एकेडेमी रहेको थियो । सोही प्रतियोगितामा चौथो स्थानमा लिवर्टी एकेडेमी र तिमिला डान्स एकेडेमीले पाँचौ स्थान हात पारेको थियो ।
कार्यक्रमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल, विशिष्ट अतिथि सांस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, उप प्रमुख सान्नानी लामा, वडा ८ वडाअध्यक्ष नन्दलाल श्रेष्ठ, पूर्व माननीय सांसद कृष्ण राई, जय मल्टिपल क्यम्पसका प्राचार्य भवानी प्रसाद पौडेल, वडासदस्य सुमन लामा, लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा नृत्य प्रतियोगितामा भाग लिनुभएको सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा शिखर छहारी साँस्कृतिक कला केन्द्रका अध्यक्ष प्रेम लाल श्रेष्ठको सभापतित्वमा सम्पन भएको हो l
Great work 🌹🙏