काठमाडौँ । काठमाडौँको कमलादिस्थित स्काइवाक टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न मानिसहरु जाने गर्छन ।
१३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।
टावरबाट स्वयम्भू स्तुपा र उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ।