काठमाडौँ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले नेपाल अर्थोपेडिक अस्पताल एसियाकै उत्कृष्ट अस्पताल भएको बताउनु भएको छ ।
नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पतालको २६औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आफुले अस्पतालको स्तर उन्नति गर्नका लागि लगातार छलफलमा रहेको बताउदैँ विश्वकै नम्बर एक बनाउन आफुहरू लागि परेको उहाँले बताउनु भएको हो ।
उहाँले," स्वास्थ्य क्षेत्र नगरपालिकाको गहना भएको बताउनुभयो ।" मेयर रिसालले, 'नगरपालिले नगरबासिका लागि चार जना कर्मचारी राखेर घर घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको बताउनुभयो । '
उहाँले, "७७ वटै जिल्लामा यो अस्पताल उत्कृष्ट रहेको बताउनुभयो । उहाँले यो अस्पताल एसियाकै उत्कृष्ट अस्पताल रहेको थाहा पाउँदा आफु खुसी भएको बताउनुभयो ।"
उहाँले, आगामी दिनमा यो अस्पतालको सेवा सुविधा थप गरेर अझै विश्वकै नम्बर १ अस्पताल बनाउन आफुहरू तत्पर रहेको उहाँले बताउदैँ यसका लागि जस्तोसुकै सहयोग गर्न पनि गोकर्णेश्वर नगरपालिका तत्पर रहेको मेयर रिसालले बताउनुभयो । त्यस्तै, अस्पलाको भवन बनाउन आफुले पहल गरिरहेको बताउनुभएको छ ।