कपनका तिन सामुदायिक विद्यालयहरुले ल्याए उत्कृष्ट नतिजा !

दक्ष खबर 15668+ समाचार ( )
२६ आषाढ २०८०, मङ्गलबार

काठमाडाैँ । कपनका तिन सामुदायिक विद्यालयहरुले काठमाडाैँ जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँले प्रकाशित गरेको नतिजाका आधारमा औसत जिपिए सहित तिन सामुदायिक विद्यालयहरुले उत्कृष्ट नतिजा प्राप्त गरेका हुन । 

बुढानिलकण्ठ नगरपालिका कपनका तिन विद्यालयहरू उत्कृष्ट नतिजा प्राप्त गर्ने ४१ विद्यालय भित्र परेका हो ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा-१० मा रहेको बाल उद्दार नमुना मा.वी ११औँ स्थानमा, वडा-११ मा रहेको ग्राम शिक्षा मावी १६औँ र वडा - ११ मा रहेको यज्ञमति मावी २९औँ स्थानमा रहेको छ ।

बाल उद्दार नमुना मावीले औसत जिपिएमा ३.११, शिक्षा मावीले ३.०१ र यज्ञमति मावीले २.८८ जिपिए प्राप्त गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका अनुसार सिद्धि गणेश मावी गागलफेदीले प्रथम स्थान र श्रम राष्ट्रिय मावी कुमरिगालले द्वितीय स्थान प्राप्त गरेका छन् । प्राप्त नतिजा यस  प्रकार रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार