कामपा ८ ले गुह्येश्वरीमा निर्माण गरेको अपांगमैत्री सार्वजनिक शौचालय सञ्चालनमा

दक्ष खबर 16549+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपाालिका वडा - ८ ले गुह्येश्वरी क्षेत्रमा निर्माण गरेको सार्वजनिक अपांगमैत्री शौचालय सञ्चालनमा आएको छ । आज सोमबारदेखि गुह्येश्वरी मन्दिर अगाडि सार्वजनिक स्थलमा रहेको शौचालय सञ्चालनमा आएको हो । 

"अपांगमैत्री उक्त शौचालय आजबाट सर्वसाधारणका लागि खुल्ला गरिएको र त्यसको संरक्षण र प्रबर्द्धन गर्नु सबैको दायित्व भएको", कामपा ८ का वडाअध्यक्ष आशामान संगतले बताउनुभयो । 

उहाँले, "शौचालय सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु र त्यसैमा आवश्यक वस्तुहरू थप घट गर्ने कुरामा वडा कार्यालय तत्पर भएको बताउनुभयो ।"

"माता गुह्येश्वरीको दर्शन गर्न आउने भक्तजना तथा सार्वसाधारणलाई लक्षित गरी सार्वजनिक अपाङ्ग मैत्री तथा पुरूष र महिलाहरूले सहज रूपमा शौचालय प्रयोग गर्न मिल्ने गरि खुल्ला गरिएको", वडाअध्यक्ष संगतले बताउनुभयोभयो । 

३४ लाख सात सय छब्बीस रूपैयाँ सतासी पैसामा निर्माण गरिएको शौचालय पुरातात्त्विक  एवं मौलिक शैलीमा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । 

एक तल्लाको रहेको शौचालय भूमापन सर्भे एण्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले २०८१ साल असारमा काम शुरूवात गरेेर ६ महिनामा निर्माण सम्पन्न गरेको थियो । 

काठमाडौँ महानगरपालिका वडा - ८ ले गुह्येश्वरी क्षेत्रमा खानेपानीका लागि पाइप जडान, सार्वजनिक पार्क, गुह्येश्वरी  मन्दिर परिसर अगाडि सार्वजनिक चौतारा र इना गणेश (चन्द्र विनायक) मन्दिर, खुल्ला ब्यायामशाला लगायत विभिन्न कार्यहरू गरेको छ । 

प्रतिक्रिया

श्याम कृष्ण डंगोल २८ जेठ २०८२, मङ्गलबार

शौचालय समयमा नै निर्माण भएता पनि प्रयोगमा आउन किन ढिला सुस्त भएको हो?

श्याम कृष्ण डंगोल २८ जेठ २०८२, मङ्गलबार

शौचालय समयमा नै निर्माण भएता पनि प्रयोगमा आउन किन ढिला सुस्त भएको हो?

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार