काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुँदै छन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएपछि हाल नख्खु कारागारबाट निकालिएकाे छ ।
सहकारी ठगीमा जेल परेका लामिछाने उच्च अदालत बुटवलको आदेश अनुसार शुक्रबार रिहा हुँदै छन् । रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो ।
पूर्जी लिन शुक्रबार भैरहवा पुगेपछि औपचारिक रुपमा लामिछाने रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।