लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्छ : महेश बर्तौला

दक्ष खबर 15665+ समाचार ( )
१८ मंसिर २०८१, मङ्गलबार

काठमाडाैँ । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएकाे छ । अहिलेको परिणामलाई एमालेले सहर्ष स्वीकार्दै ग्रहण गरेको उहाँकाे भनाइ छ ।

उहाँले, 'निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन । जनताले उम्मेदवारलाई हेरेर दलहरुका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ । '

एउटा निर्वाचनलाई हेरेर त्यो स्थानमा त्यही दलको वर्चस्व रहन्छ भन्ने विषय परिणामले देखाएन । मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ । जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएको छ ।

नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ । यो परिणामले कसैलाई हौसाउने, कसैलाई निराश बनाउने गरेको छैन, आमरुपले मूलधारका राजनीतिक दल र नेतृत्वप्रति भरोसा रहेको कुराको नवीकरण गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार