काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित एक समारोहबीच 'स्थानीय सेवा गौरव पुरस्कार'बाट संगत सम्मानित हुनुभएको हो ।
काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति संयोजक समेत रहनुभएका संगतलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन', उपप्रमुख सुनिता डंगोल लगायत उच्च पदस्थ पदाधिकारीहरुले प्रमाणपत्र सहित एक लाख नगदले सम्मान गर्नुभएको हो ।
संगतले काठमाडौँ महानगर भित्रको जात्रा पर्व, संस्कार र संस्कृतिलाई आत्मसात गर्दै यसको वृद्धि विकासमा अग्रगामी काम गरेको र महानगरपालिकाको गरिमा अभिवृद्धिमा योगदान पु-याए वापत सम्मान गरिएको महानगरले जनाएको छ ।
संगतसँगै महानगरपालिकाले ७ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपियाँसहित स्थानीय सेवा गौरव पुरस्कार २०८२ बाट सम्मानित गरेको छ । यसरी सम्मान प्राप्त गर्ने जनप्रतिनिधिमा वडा नम्बर १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नम्बर २५ का अध्यक्ष राजेश डंगोल, वडा नम्बर ३ का सदस्य केशवप्रसाद श्रेष्ठ, वडा नम्बर १८ का सदस्य हेमज्योती शाक्य र वडा नम्बर ३२ का सदस्य हरिबहादुर बस्नेत हुनुहुन्छ ।
त्यस्तै, समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सांस्कृतिक अध्येता तथा नेवाः मानवअधिकारकर्मी प्रा। डा। चुन्दा बज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौत्तम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद प्रा। डा। केदारभक्त माथेमा, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, नेपाली क्रिकेटर सोमपाल कामी, महिला भलिवल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिष्ट डा। सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफाका पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठ, ललितकलाकर्मी गोविन्दलाल डंगोल, पावर लिफ्टिङ् खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च पदस्थ पदाधिकारीहरु रहेका थिए उपस्थित हुनुहुन्थ्यो ।