इलाम- २ को हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

दक्ष खबर 6508+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ । 

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । 

उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने बताएका छन् । इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार