उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा भुमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौमाा उद्यमशीलतना र रोजगारी एवम् सूचना प्रविधि विकासको विषयलाई समेटेका छन् ।
यस्तै छैटाँमा शिक्षा क्षेत्र सुधार, सातौँमा धार्मिक तथा सांस्कृतिक सम्पदा एवम् स्वच्छ वातावरण जलवायू न्याय र प्राकृतिक स्रोत संरक्षण, आठौँमा समावेशीता लैंगिक समानता र सामाजिक न्यायको प्रत्याभूति, नवौँमा क्षेत्रगत मुद्दा समाधान र दशौँमा काठमाडौ. उपत्न्यका विेशष साझा प्रतिज्ञालाई समेटिएको छ ।
यसैगरी, उम्मेदवार तिमल्सेनाले कृषि क्षेत्रलाई आधुनिक बनाउन भू–उपयोग सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने र अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि कानुनी आधार तयार गर्ने प्रतिज्ञा पनि गरेका छन् । यसअघिका तीनवटा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा निर्वाचित हुँदै आएको यो क्षेत्रबाट यसपटक ३३ बर्षीय युवा तिमल्सेना कांग्रेसको उम्मेदवार बनेका छन् ।