लायन्स क्लब अफ काठमाडौं ड्रिटिक ३२५ ई ले ६ महिनासम्म बाढी प्रभावितलाई नि:शुक्ल खाना खुवाउने

दक्ष खबर 17388+ समाचार ( )
२४ भाद्र २०८३, बिहीबार

काठमाडौं । भदौ १० गते आएको बाढीबाट प्रभावितहरू नागरिकहरूलाई लायन्स क्लब अफ काठमाडौं ड्रिटिक ३२५ ई ले ६ महिनासम्म नि:शुक्ल खाना खुवाउने भएको छ । 

रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रहरूमा आएको बाढीबाट प्रभावित करिब २०० नागरिकहरू हाल स्वयम्भूस्थित मुस्ताङ् गुम्बामा आश्रय लिई बस्दै आईरहनु भएका नागरिकहरूलाई खानाको नि:शुल्क ब्यवस्थापन गरिएको हो । 

लायन्स अन्तराष्ट्रिय, बहु-जिल्ला ३२५, जिल्ला ३२५ ई ले खाना खुवाउने जिम्मेवारी लिईको र यसलाई सफलता पूर्व न्यायोचित रूपमा सम्पन्न गर्ने बाढी पिडित मित्र सहयोग मूल समितिका संयोजक एवं लायन अनन्त प्रसाद भेटुवालले बताउनुभयो । 

उहाँले लायन्स क्लबले बाढी प्रभावितहरूलाई विभिन्न किसिमका सहयोगहरू उपलब्ध गराउँदै आइरहेको बताउदैँ स्वयम्भूमा बस्दै आईरहनु भएका रसुवा नुवाकोट लगायतका जिल्लाहरूका मानिसहरूलाई खानाको सहजताका लागि लायन्स क्लब लगायत विभिन्न संघ संस्थाले जिम्मेवारी लिएको र यसलाई सफलता पूर्वक न्याय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार