केब्स कलेजको स्वागत, बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

दक्ष खबर 799+ समाचार ( )
६ चैत्र २०७९, सोमबार

काठमाडौँ । काठमाडौंको बौद्ध टुसालमा सञ्चालित कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयोजित एक समारोहका बिच कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) प्लस टु कलेजका अध्यक्ष पारसमणि  पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । 


केब्स कलेजका भाइस प्रिन्सिपल गोबिन्द दंगालले स्वागत मन्तव्य राख्दै, 'कुमारी  आवासीय माध्यमिक  विद्यालय (केब्स) सञ्चालन भएको ३६ वर्ष पुगेको र त्यसै अवधिमा थुप्रै उतारचढावका बाबजुत आजको स्थानसम्म आइपुग्न सहयोग गर्ने सबैजनालाइ धन्यवाद व्यक्त गर्नुभयो ।'

उहाँले केब्स प्लस टु कलेजले  विद्यार्थीहरुको आवश्यकता  पुरा गर्ने गरि अध्यायन अध्यापनमा सरिक भई अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सहित सबै किसिमका गतिविधिमा जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष निलकण्ठ ढुंगानाले, "विद्यार्थीहरूमा अन्तर्निहित रहेको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूको व्यक्तित्व विकासका लागि  विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केब्स प्लस टु कलेजले कक्षा ११ मा  विज्ञान, सहित व्यवस्थापन, शिक्षा, मानविकी र कानुन बिषयमा अध्यापन गराउँदै आएको जानकारी दिनुभयो । 

भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको केब्स कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

कार्यक्रममा  कलेजले साहित्यकार डा. रमेश सुबेच्छुक, बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, लोकप्रिय गायिका कुन्ती मोक्तानलाई विषेश सम्मान गरेको थियो भने, कलेजका उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै साहित्यकार डा. रमेश सुबेच्छुकले विद्यार्थीलाई सकारात्मक सोच राखेर अघि बढे सबैतिर अवसर रहेको बताउदैँ विद्यार्थीलाई संस्कार नभुल्न अनुरोध गर्नुभयो  । 


कार्यक्रममा साहित्यकार डा. रमेश सुबेच्छुक, बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, लोकप्रिय गायिका कुन्ती मोक्तान, प्याब्सन काठमाडौं जिल्ला सहसचिब एवम् लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल, निसानका अध्यक्ष एवम् गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्य, शिक्षा सेवी रमा पोखरेल,  समाजसेवी पार्वती दाहाल, केब्स विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलकण्ठ ढुंगाना, केब्स प्लस टु कलेजका  प्रिन्सिपल, सुरेश कुमार भट्टराई, भाइस प्रिन्सिपल  गोबिन्द दंगाल, बोर्ड अफ डायरेक्टर कल्पना निरौला, दिपक रायमाझी, राम चन्द्र सिग्देल, साकार गजुरेल लगायत शिक्षक विद्यार्थी र अभिभावकहरु र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको  खेलकुद सप्ताहमा बिजयी खेलाडी हरुलाई  मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो भन्, कक्षा १२ बाट बिदाइ हुने  बिद्यार्थीहरुलाई  मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार